न्यूजिल्याण्डविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा भारत ३५ रनले विजयी

 माघ २०, २०७५ आइतबार १५:४१:२० | एजेन्सी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा भारत ३५ रनले विजयी भएको छ । 

योसँगै  भारतले ४–१ ले शृङ्खला जितेको छ । भारतले दिएको २५३ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४४.१ ओभरमा अलआउट हुँदै २१७ रनमा समेटिएको थियो । भारतलाई जिताउन युजवेन्द्र चहलले ३ विकेट लिँदा मोहमद सामी र हार्दिक पाण्ड्याले दुई–दुई विकेट लिएका थिए । न्यूजिल्याण्डका जेम्स निसमले सर्वाधिक ४४ रन बनाउँदा केन विलिम्सनले ३९ तथा टम लाथमले ३७ रनको योगदान गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत निर्धारित ओभरको एक बल बाँकी छँदै २५२ रनमा अलआउट भएको थियो । ४८ रन बनाउँदा ४ विकेट गुमाएको भारतको स्कोर माथि उठाउन अम्वाती रायडु र विजय शंकरले ९८ रनको साझेदारी गरेका थिए । पाँचौँ विकेटका रुपमा विजय शंकर ४५ रन बनाएर रन आउट भएका थिए ।

रायडुसँगको रन लिँदा तालमेल नमिल्दा उनी कोलिन मुनरोबाट रन आउट हुन पुगे । त्यसपछि रायडु र केदार जादबले ७४ रनको साझेदारी गरे । रायडु ९० रन बनाएर आउट भएका थिए । कुमार जादबले ३४ रन बनाए । नियमित कप्तान विराट कोहलीलाई विश्राम दिइएको एक दिवसीयमा रोहित शर्माले कप्तानी गरेका थिए ।

आजको खेलमा महेन्द्रसिंह धोनी खेले पनि टप अर्डर भने चल्न सकेन । ओपनर ब्याट्सम्यान शिखर धवनले ६रन बनाउँदा रोहित शर्मा २ रनमा पेभेलियन फर्किए ।
शुभमन गिलले ७ रन जोड्दा धोनी १ रनमा बोल्ड भएका थिए ।

अन्तिममा हार्दिक पाण्ड्या र भुवनेश्वर कुमारले आक्रामक पारि खेले । पाण्ड्या २२ बल खेल्दै ४५ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरेका छन् ।

न्यूजिल्याण्डका म्याट हेनरीले सर्वाधिक ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया