श्रीलंकाविरुद्धको टेस्ट शृङ्खलामा अष्ट्रेलियाको ‘क्लिन स्विप’

 माघ २१, २०७५ सोमबार १५:४६:४४ | एजेन्सी
unn.prixa.net

श्रीलंकाविरुद्धको दुई टेस्ट खेलको सिरिज अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । अष्ट्रेलियाको क्यानबेरामा पाहुना टोलीले दोस्रो टेस्टमा १४९ रन बनाएपछि सिरिज क्लिन स्विप गरेको हो । 

पहिलो टेस्टमा ४० रनको जित हात पारेको अष्ट्रेलियाले दोस्रो टेस्टमा ३६६ रनको जित हात पार्न सफल भयो ।

अष्ट्रेलियाले दिएको ५१६ रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिनमा १४९ रनमा समेटिएको थियो । श्रीलंकालाई समेट्ने क्रममा अष्ट्रेलियाका मिचेल स्र्टाकले ५ तथा प्याट क्युमिन्सले ३ विकेट लिएका थिए । 

श्रीलंकाका कुशल मेन्डिसले ४२ तथा लहेरु थिरमानेले ३० रन बनाए । निरोशन डिकवाला र चमिका करुनारत्नेले क्रमशः २७ र २२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

प्रतियोगिता अन्तर्गत पहिलो र दोस्रो पारिमा गरी १० विकेट लिएका मिचेल  स्टार्क प्लेयर अफ् द म्याच हुँदा प्लेयर अफ् द सिरिज भने दुई टेस्टमा १४ विकेट लिएका प्याट क्युमिन्स भए ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया