पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

 माघ २२, २०७५ मंगलबार १३:४६:१ | एजेन्सी
unn.prixa.net

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति आगलागी हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

नेपाली समयानुसार मंगलबार बिहानको करिब तीन बजे एक भवनमा आगलागी भएको थियो । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

आगो लागेको सूचना पाएपछि त्यहाँ पुगेका अग्नि नियन्त्रकहरुले त्यहाँ आसपासका भवन तथा ब्लकहरु खाली गराउने र बाटो खुलाउने काम गरेका थिए । आगो धेरै नै फैलिसकेकाले अग्नि नियन्त्रकहरुलाई आगो निभाउन घण्टौ लागेको थियो ।

आगो नियन्त्रण गर्नको लागि २०० जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए । आगलागीबाट कति धनजनको क्षति भयो भन्ने कुनै अनुमान गर्न नसिकएको अधिकारीहरुले बताएका छन् ।

अग्निनियन्त्रण सेवाका प्रवक्ता क्लेमेंट काग्ननले भनेका छन्, ‘धुवाँ र आगोको ज्वालाबाट बच्न मानिसहरु छतको सहारा लिएर बसेका थिए ।’ उनले भने, ‘प्रभावित मानिसहरुलाई बाहिर निकालेका छौँ ।’

आइफिल टावर, पेरिस सेन्ट जर्मेनजस्ता पर्यटकीय स्मारक रहेको यो क्षेत्र पर्यटकहरुबीचमा निकै नै लोकप्रिय मानिन्छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया