‘चप्पल सेल्फी’: अनुपम खेरदेखि अमिताभ बच्चनसमेतले गरे फोटो शेयर

 माघ २२, २०७५ मंगलबार १६:५५:० | एजेन्सी
unn.prixa.net

एउटा बालक हातमा चप्पल लिएर आफ्ना साथीहरुसँग सेल्फी खिचेजस्तो गरिरहेको छ । अरु बच्चाहरु साँच्चिकै मोबाइलमा फोटो खिचिँदैछ जस्तो गरी मुस्कान दिइरहेका छन् ।

एकजना अज्ञात फोटोग्राफरले खिचेको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यतिमात्र नभएर बलिउडका महान हस्तीहरुले यो फोटोलाई आफ्नो फेसबुक तथा ट्वीटरबाट समेत शेयर गरेका छन् ।

सर्वप्रथम अनुपम खेरले आफ्नो ट्वीटरमा यो फोटो शेयर गरेका थिए । उनले यो फोटो शेयर गर्दै लेखेका छन्, ‘कुनै चिज तिनीहरुको लागि महत्वपूर्ण हुन्छ, जसलाई सर्वश्रेष्ठ कसरी बनाउन सकिन्छ भन्ने थाहा हुन्छ ।’

त्यसपछि अन्य कलाकारहरुले पनि यो फोटोमाथि आफ्ना विचार राख्दै सामाजिक सञ्जालमा शेयर गर्न थाले ।

कलाकार बोमन इरानीले पनि आफ्नो ट्वीटरमा यो फोटोे शेयर गर्दै ‘तपाईं त्यति नै खुसी हुनुहुन्छ, जति खुसी तपाईं हुन चाहनुहुन्छ ’ भन्ने भनाइलाई उद्धृत गर्दै लेखेका छन्, ‘यो ध्रुवसत्य कुरा हाे, म विश्वासका साथ भन्छु कि याे तस्बिरले सबैभन्दा बढी लाइक पाउनेछ ।’

बलिउडका अर्का अभिनेता  सुनिल शेट्टीले याे फोटोलाई आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । उनले क्याप्सनमा यो फोटो पाएर आफूलाई खुशीकाे अनुभूति भएको भनेर लेखेका छन् । उनले लेखेका छन्, ‘यो तस्बिर मैले पाएँ जसलाई मैले शेयर नगरी रहन सकिनँ, खुशी साँच्चिकै अनुभूति गर्ने कुरा हो ।’

तर अमिताभ बच्चनले भने यो तस्बिरको बारेमा एकदमै फरक धारणा राखेका छन् । उनले यो तस्बिर शेयर नगरेर यसको बारेमा आफ्नो विचार व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘आम मानिस अब आम मानिस रहेनन्, उनीहरु विशेष बनिसके । उनीहरु आफै आफ्नो प्रचार गर्न सक्छन्, उनीहरु आफै विशेष माध्यम बनिसकेका छन् । आफूतर्फ कसरी अरुको ध्यान आकर्षित गर्ने भन्ने सिकिसकेको छ । अरुको ध्यान आकर्षित गर्नु उसको अवस्था, उसको सम्पति, उसको मूल्य बनिसकेको छ । उसको हतियार मोबाइल, मोबाइल कति छन् गन्न सक्नुहुन्छ तपाईं ?’ 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया