अन्ना हजारेले तोडे अनिश्चितकालीन अनसन

 माघ २३, २०७५ बुधबार ७:५:५० | एजेन्सी
unn.prixa.net

भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् ।

स्क्रोल डट इनका अनुसार महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

मुख्यमन्त्री पडणवीसले अन्ना हजारेलाई जुस खुवाएर अनसन तोडाएका थिए । 

त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै माग पूरा गर्ने वचन दिएकाले मैले अनसन तोडेको हूँ ।’ मुख्यमन्त्री फडणवीसले महाराष्ट्र विधानसभाको आउँदो सत्रमा भ्रष्टाचारविरुद्धको लोकपाल बिलका लागि एउटा संयुक्त आलेख समिति गठन गर्ने बताए । 

केन्द्रमा लोकपालको नियुक्तिमा भैरहेको ढिलाइ र महाराष्ट्रमा लोकायुक्त कानुन बनाउनुपर्ने माग राख्दै ८१ वर्षीय सामाजिक कार्यकर्ता अन्ना हजारे जनवरी ३० तारिखदेखि अनिश्चितकालीन अनसनमा बसेका थिए । गएको आइतबार आफ्नो माग पूरा नगरे पद्म पुरस्कार राष्ट्रपतिलाई फिर्ता गर्ने चेतावनी पनि हजारेले दिएका थिए । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया