महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने महिला पक्राउ

 माघ २३, २०७५ बुधबार ९:२:९ | एजेन्सी
unn.prixa.net

महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । 

उनीहरुलाई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट मंगलबार गिरफ्तार गरेको हो ।

जनवरी ३० तारिखका दिन गान्धी स्मृति दिवसका अवसरमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामाथि गोली प्रहार गरेकी थिइन् । उनीसँगै उनका श्रीमान र समर्थकहरुले गान्धीका हत्यारा नाथुराम गोड्से अमर रहून भन्दै जयजकार गर्दै नाराबाजी गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा १२ जनाविरुद्ध उत्तर प्रदेशको अलिगढमा मुद्दा दर्ता भएको छ । 

हिन्दू दक्षिणपन्थी समूहले महात्मा गान्धीको स्मृति दिवसमा नाथुराम गोड्सेको सम्मानस्वरुप सौर्य दिवसका रुपमा मनाउँदै आएको छ । हिन्दू महासभा सन् १९१५ मा मदन मोहन मालवीयले स्थापना गरेको संस्था हो । 

हिन्दू महासभाले गान्धीका हत्यारा नाथुराम गोड्सेको जयजकार गरेको यो पहिलो पटक भने होइन । महासभाका एक नेता स्वामि प्रणवानन्दले सन् २०१५ मा कर्नाटकको ६ वटा जिल्लामा नाथुराम गोड्सेको प्रतिमा बनाउने घोषणा गरेका थिए । उनले गान्धीको हत्या ‘राष्ट्रवादी’ भएको र हिन्दू राष्ट्रवादी विनायक दामोदर सवर्करको आर्शीवादसमेत भएको बताएका थिए । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया