ग्वाटेमालाका पूर्व फुटबल प्रमुख जिमिनिजलाई तीन लाख ५० हजार अमेरिकी डलर जरिवाना

 माघ २३, २०७५ बुधबार १०:१०:१२ | एजेन्सी
unn.prixa.net

ग्वाटेमालाका पूर्व फुटबल प्रमुख ब्रायन जिमिनिजलाई भ्रष्टाचारको आरोपमा तीन लाख ५० हजार अमेरिकी डलर जरिवाना लगाइएको छ ।

सन् २०१५ मा विश्व फुटबललाई नै हल्लाउने गरी भएको भ्रष्टाचारमा ग्वाटेमालाका प्रमुख पनि मुछिएको भन्दै ब्रोक्लिन फेडेरेसन कोर्टले उनलाई त्योे जरिवाना लगाएको हो । अमेिरकी अनुसन्धानकर्ताले गरेको अध्ययनमा ब्रायनलाई २०१७ मा नै पक्राउ गरेको थियो । जसका कारण उनलाई आजीवन फुटबलबाट प्रतिबन्ध लगाइएको थियो ।

उनले मध्य अमरिकी फुटबलको मार्केटिङ राइट्सका साथै टेलिभिजन र विश्वकप प्रायोजन अधिकारका साथै ग्वाटेमालाले खेलेका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट समेत रकम लिएको खुलासा भएको थियो । अमेरिकाको अदालतले ब्रायनले लाखौँ डलर भ्रष्टाचार गरेको ठहर गरेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया