निर्मला पन्तको नाममा चिल्ड्रेल पार्कको शिलान्यास

 माघ २३, २०७५ बुधबार १४:०:१५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको नाममा चिल्ड्रेल पार्क बन्दैछ । 

भिमदत्त नगरपालिका–२, को वडा कार्यालयले निर्मला अध्ययनरत विद्यालय सरस्वती माविमा बुधबार चिल्ड्रेल पार्कको शिलान्यास गरेको हो । 

वडा कार्यालयको बैठकको निर्णय अनुसार निर्मलाको सम्झनामा चिल्ड्रेल पार्क निर्माण कार्य सुरु गरिएको भिमदत्त नगरपालिका–२, का वडाअध्यक्ष डम्मरसिंह कार्कीले बताउनुभयो ।

‘विद्यालयमा चिल्ड्रेल पार्क बनाउन अढाई लाख छुट्याएका थियौँ’, उहाँले भन्नुभयो, ‘त्यहीबेला निर्मलाको घटना भयो । त्यसपछि वडाको बैठकले त्यसलाई निर्मलाको नाममा बनाउने निर्णय गर्यो ।’

उहाँले पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरिएको बताउनुभयो । 

‘पहिलेको अढाई लाखमा फेरि अर्को र्शीषकबाट अढाई लाख थपेर हामीसँग पाँच लाख बजेट छ’, उहाँले भन्नुभयो ‘अन्य शीर्षकबाट मिल्यो भने यो वर्ष नै पार्क निर्माणको काम सक्छाैँ । नत्र अर्को वर्ष सम्पन्न गर्ने योजना छ ।’ 

चिल्ड्रेल पार्कमा पुष्प वाटिका तथा साना बालिबालिका लागि खेल्नका लागि खेल मैदान र झुलाको निर्माण गरिने भिमदत्त नगरपालिका २ को वडा कार्यालयले जनाएको छ । 

१२ लाख ४४ हजार रुपैयाँ लागतमा निर्माण गरिने चिल्ड्रेल पार्कको मूल गेटमा निर्मलाको नाम खेखिने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

यता, छोरीको नाममा चिल्ड्रेल पार्क बन्ने सुरु भएपछि निर्मलाकी आमाले खुशी व्यक्त गर्नुभएको छ । 

हत्या भएको ६ महिना बितिसक्दfसमेत हत्या पक्ता नलाग्नु दुःखद् भएको बताउँदै छोरीको सम्झनामा चिल्ड्रेल पार्क बन्न लागेका खुशी लागेको दुर्गादेवीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया