एभर्टनलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटी

 माघ २४, २०७५ बिहीबार ६:५३:६ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई दुई–शून्यले हराएको छ । जितसँगै सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । 

गुडिसन पार्कमा भएको खेलमा सिटीको जितमा एमिरीक लार्पोटी र गाब्रियल जिससले एक–एक गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सिटीका लागि लार्पोटीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको साताैँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई दुई–शून्यले अगाडि राखे ।

त्यसपछि सिटीविरुद्ध एभर्टन खेलमा फर्कन सकेन र पराजित भयो । सिटीले पछिल्लो पाँच खेलमा चौथो जित निकालेको छ ।

जितसँगै सिटीले लिभरपुलसँग अंक बराबरी गरे पनि गोलअन्तरको आधारमा शीर्ष स्थानमा पुगेको छ ।

२६ खेलबाट सिटीको ६२ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको पनि समान अंक छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया