विवाह गरेको तीन मिनेटमै डिभोर्स !

 माघ २५, २०७५ शुक्रबार ७:३५:२४ | एजेन्सी
unn.prixa.net

कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ  ।

यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् । 

अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । 

सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’ 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया