जम्मू कश्मीरमा हिमपहिरो : ६ प्रहरीसहित १० जना बेपत्ता

 माघ २५, २०७५ शुक्रबार ९:४५:५३ | एजेन्सी
unn.prixa.net

भारतको जम्मू कश्मीर राज्यको कुलगाम जिल्लामा बिहीबार गएको हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् । 

श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरी बेपत्ता भएका हुन् । हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन् । 

अधिकारीहरुका अनुसार प्रहरीलगायतको उद्धार टोली घटनास्थलमा खटिएको छ । बुधबार बाट नै कश्मीर घाटीमा भारी हिमपात भएको हो । पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो । कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको थियो । 

जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया