कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी

 माघ २५, २०७५ शुक्रबार १०:५०:२१ | एजेन्सी
unn.prixa.net

विश्वको उत्कृष्ट फुटबल खेलाडी मेस्सी कि रोनाल्डो भन्ने बहस विश्व फुटबलमा कायमै हुँदा पछिल्लो पटक कमाइको मामलामा भने लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । 

बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले एक महिनाको सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् । जुन युभेन्टसले रोनाल्डोलाई दिने रकमभन्दा झण्डै दोब्बर रकम हो ।

फ्रान्सेली न्यूज एजेन्सीले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको तलबमा तीन देशबाट व्यवसायिक फुटबल खेलिरहेका खेलाडी नै छन् । जसमा स्पेन, फ्रान्स र इटली रहेका छन् । जसअनुसार मेस्सीले सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् भने रोनाल्डोलाई युभेन्टस्ले महिनाको चार दशमलब एक मिलियन पाउण्ड दिने गरेको छ ।

तेस्रो स्थानमा एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान रहेका छन । ग्रिजम्यानले महिनाको दुई दशमलब नौ मिलियन पाउण्ड तलब पाउने गरेका छन । 

यस्तै पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका नेइमारले महिनाको दुई दशमलब सात मिलियन पाउण्ड पाउँछन् भने बार्सिलोनाका कै अर्का खेलाडी लुइस स्वारेजले महिनाको दुई दशलमब पाँच मिलियन पाउण्ड कमाउँछन् । 

यस्तै रियल मड्रिडका ग्यारेथ बेलले महिनाको दुई दशलमब दुई मिलियन पाउण्ड थाप्दा फिलिप कोउन्टिन्होले दुई मिलियन तलब पाउँछन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया