एलए ग्यालेक्सीले बेकह्यामको मूर्ति सार्वजनिक गर्ने

 माघ २६, २०७५ शनिबार ८:७:७ | एजेन्सी
unn.prixa.net

इंग्लिस फुटबल टिमका पूर्व कप्तान तथा स्टार खेलाडी डेविड बेक्ह्यामको मूर्ति अर्को महिना अमेरीकाको एल ए ग्लालेक्सीले सार्वजनिक गर्ने भएको छ ।

४३ वर्षीय बेक्ह्यामले ६ वर्ष मेजर लिग सकर(एमएलएस) खेल्दा एल ए ग्यालेक्सीले दुई पटक उपाधि जितेको थियो । सन् २००७ मा अमेरीकी फुटबलमा अनुबन्ध भएका उनले २०११ र २०१२ मा लगतार दुई पटक उपाधि जितेका थिए ।

इन्टर मायामी क्लबका मालिकसमेत रहेका बेक्ह्यामको सम्मानमा एल ए ग्यालेक्सीले मूर्ति सार्वजनिक गर्न लागेको हो । बेक्ह्यामले खोल्न लागेको नयाँ क्लब २०२० सम्म शीर्ष लिग खेल्ने बताइएको छ ।

एमएलएसको इतिहासमा कुनै क्लबले मूर्ति बनाएको यो पहिलो पटक हो । 

म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व खेलाडी बेकह्यामको मूर्ति मार्च दुईमा सार्वजनिक गरिने बताइएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया