खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको आर्शीवाद पाएको भूभाग भएको बताए । उनी त्यतिमै सीमित भएनन् । त्यहाँको जनजातिको संस्कृतिको प्रचार गर्ने पञ्चानन वर्माको कर्मस्थल रहेको बताए ।
मोदीले आफ्नो सम्बोधनमा आदिकवि भानुभक्तलाई पनि सम्झिन भ्याए । उनले भने, ‘यो धरती नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको पनि कर्मभूमि हो । जसले रामायणलाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरे ।’
योसँगै यो हप्तामै पश्चिम बंगालमा तीनवटा आमसभालाई मोदीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीले मुख्यमन्त्री ममता बनर्जीको सरकारले पश्चिम बंगालका नागरिकलाई दुःखी बनाएको आरोप लगाए । पश्चिम बंगाल सरकारले प्रधानमन्त्रीको सम्बोधनलाई ठाउँ नदिएपछि भाडामा मैदान लिएर आमसभा गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
केही दिनदेखि केन्द्र सरकारको हस्तक्षेपको विरोधमा धर्नामा बसेकी मुख्यमन्त्री ममता बनर्जीलाई व्यङ्ग्य गर्दै मोदीले भने, ‘देशको अर्थतन्त्र लुट्नेहरुको समर्थनमा धर्नामा बसेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।