थाई रक्षा पार्टी राजकुमारीलाई प्रधानमन्त्रीमा उठाउने निर्णयबाट पछि हट्यो

 माघ २६, २०७५ शनिबार १४:४४:४३ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आउँदो प्रधानमन्त्री चुनावमा उठाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ ।

शुक्रबार थाइल्याण्डका राजा वाजीरालोङकोर्नले मार्चमा हुन लागेको प्रधानमन्त्री चुनावमा आफ्नी बहिनीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भत्र्सना गरेका थिए ।

थाई राजा भन्छन् : राजकुमारी प्रधानमन्त्रीको चुनावमा उठ्नु गलत हो

थाइल्याण्डका राजा वाजीरालोङकोर्न

राजदरबारबाट सार्वजनिक एक वक्तव्यका अनुसार थाई राजाले आफ्नी बहिनीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरद्ध हुने बताएका थिए । 

थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ । 

थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो । थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा पनि रहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया