पश्चिम बंगालका सांसदको हत्या प्रकरणमा बीजेपी नेताविरुद्ध उजुरी

 माघ २७, २०७५ आइतबार १३:२४:५ | एजेन्सी
unn.prixa.net

बीजेपी नेता मुकुल राेय

पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेस(टीएमसी)का सांसद सत्यवित बिस्वासको हत्या प्रकरणमा भारतीय जनता पार्टी(बीजेपी) नेता मुकुल रोयविरुद्ध उजुरी दर्ता भएको छ । 

शनिबार राति सांसद बिस्वासलाई नचिनेका मानिसहरुको समूहले गोली हानी हत्या गरेका थिए । नादिया जिल्लाको कृष्णगञ्ज विधानसभा सिटका विधायक फूलबारी क्षेत्रमा भएको एउटा सरस्वती पूजा समारोहमा सहभागी हुन गएका थिए । मञ्चबाट उत्रँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । 

फूलबारी क्षेत्र बंगलादेशको सीमासँग जोडिएको क्षेत्र हो । पछिल्लो समय बीजेपीले यो क्षेत्रमा आफ्नो गतिविधि बढाउँदै लगेको छ । 

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएका भारतीय सांसदको गोली हानी हत्या

टीएमसीका जिल्ला अध्यक्ष गौरी शंकर दत्ताले बीजेपीले योजनाबद्ध रुपमा आफ्ना विधायकको हत्या गरेको बताउँछन्, ‘बीजेपीले योजनाबद्ध तरिकाले यो हत्या गराएको हो । सत्यजित र मलाई अतिथिको रुपमा बोलाइएको थियो । व्यक्तगत रुपमा उनी मेरा छोराजस्तै थिए । भर्खरै मात्र उनले विवाह गरेका थिए । उनी मुटुआ संघका हिस्सा थिए । त्यसैले बीजेपीले मुटुआ समुदायका मतदातालाई आकर्षित गर्न सकिरहेको थिएन । हामी उनको मृत्युलाई त्यसै खेर जान दिने छैनौँ ।’

हत्या गरिएका सांसद सत्यजित विश्वास

सीबीआईको अनुसन्धानमा रहेको चिट फण्ड घोटालामा मुकुल रोय पनि मुख्य आरोपीमध्येका एक हुन् । उनी टीएमसीकै पूर्व नेता र यूपीए सरकारका बेला रेल्वे मन्त्री पनि थिए । उनी २०१७ मा मात्रै बीजेपी प्रवेश गरेका थिए । उनी पश्चिम बंगालमा बीजेपीका स्टार प्रचारकका रुपमा पनि उत्रिएको बताइन्छ । 

बीजेपीले भने मुकुल रोयलाई लागेको आरोपको खण्डन गर्दै घटनाको सीबीआई जाँच हुनुपर्ने माग गरेको छ । 

घटनामा मुकुल रोय र अन्य दुई जना आरोपीविरुद्ध उजुरी दर्ता भएको छ । घटना भएको क्षेत्रमा रहेको हंसकाली प्रहरी चौकीका प्रमुखलाई निलम्बन पनि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया