कार दुर्घटनामा परेपछि बेलायतका राजकुमार फिलिपले प्रहरीलाई बुझाए आफ्नो ड्राइभिङ लाइसेन्स

 माघ २७, २०७५ आइतबार १३:४७:१९ | एजेन्सी
unn.prixa.net

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका ९७ वर्षीय श्रीमान राजकुमार फिलिपको केही दिनअघि कार दुर्घटनामा परेको थियो । 

दुर्घटनामा परेपछि राजकुमार फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स प्रहरीलाई बुझाएका छन् ।  उनले चलाएको कारले ठक्कर दिँदा दुई जना महिला घाइते भएका थिए । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको दरबारले जानकारी दिएकाे छ ।

बकिंघम प्यालेसले बताएअनुसार ड्यूक अफ् एडिनबर्गसमेत रहेका राजकुमार फिलिपले गएको महिना भएको ल्याण्ड रोभर कार दुर्घटनापछि आफ्नो ड्राइभिङ लाइसेन्स बुझाउने निर्णय आफैले गरेका हुन् । 

दरबारबाट सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘गम्भीरतापूर्वक विचार गरेपछि ड्यूक अफ प्रिन्सले स्वेच्छाले आफ्नो ड्राइभिङ लाइसेन्स सरेन्डर गर्ने निर्णय लिनुभएको हो ।’

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा पनि सेन्ड्रिंघममा भएको ल्याण्ड रोभर दुर्घटनाका चालकले आफ्नो लाइसेन्स बुझाएका छन् । 

राजकुमार फिलिपले चलाएको कार दुर्घटनामा परेपछि निकै नै विवाद भएको थियो । बढ्दो उमेरमा पनि सवारी चलाएको भन्दै राजकुमार फिलिपको आलोचना निकै नै भएको थियो । 

विश्वका धेरै देशमा सवारी चालकका लागि उमेरको हदबन्दी भए पनि बेलायतमा भने माथिल्लो माथिल्लो उमेरमा कुनै हदबन्दी छैन । तर कुनै रोगबाट ग्रस्तलाई भने सवारी चलाउन मनाही छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया