शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ७ अर्ब पनि पुगेन
चैत ३, २०८१ आइतबार
काठमाडाैं - बजार अनुगमनका क्रममा दैनिक उपभाेग्य वस्तु खानेतेल र घिउमा अखाद्य वस्तु भेटिएको छ ।
तेल र घिउमा मानव स्वास्थयमा हानी पुर्याउने वस्तु मिसाउने गरेको अनुगमनका क्रममा भेटिएको हो । यस्तै तेल र घिउमा व्यापारीले आफूखुशी मूल्य बढाएर बिक्रि गर्ने गरेकाे पनि पाइएको छ ।
बजारमा अहिले खानेतेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म बढाएर व्यापारीले बिक्रि गरिरहेका छन् । अत्यावश्यक वस्तुमा बजार अनियन्त्रित हुन थालेपछि सरकारले खानेतेल र घिउको प्रशोधन तथा उत्पादन केन्द्रमा अनुगमन गर्ने तयारी गरेको छ ।
अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ टोली बनाएर नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । हिजो र अस्ति दुई दिन काठमाडौं उपत्यकामा अनुगमनका क्रममा ९ व्यापारी पक्राउ परेका छन् ।
अखाद्य वस्तुुुु मिसावट गरेकाे तथा मूल्य सूची नराखेको र अाफूखुशी मूल्यवृद्धि गरेको भन्दै ती व्यापारीहरुको पसल विभागले शिलबन्दी गरेको छ ।
पक्राउ परेका व्यापारीहरुको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । विभागकका महानिर्देशक योगेन्द्र गौचनले अब मूल्य सूची मात्रै नराखे पनि व्यापारीलाई कारबाही गर्ने बताउनुभयो ।
तर कालोबजारी गर्ने व्यापारीलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार नहुँदा अनुगमन प्रभावकारी बन्न नसकेको उहाँले बताउनुभयो ।
कानुनी जटिलता र स्रोतसाधनका कारण अनुगमन पछि कारवाहीमा परेका व्यापारी सामान्य सोधपुछ र स्पष्टीकरण पछि छुट्ने गरेका छन् ।
यसले गर्दा उपभोक्ता सँधै मारमा पर्ने गरेका छन् ।
अहिलेको कानुन अनुसार उपभोक्ता ठगी गर्नेलाई अधिकतम २ वर्षको कैद र एक लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ ।
तर सरकारी उदासिनता र विभिन्न निकायबीच समन्वय नहुँदा व्यापारीले अधिकतम सजायबाट उन्मुक्ति पाउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।