भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई २५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राऊ गरेको छ ।
श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जग्गा किनबेचको क्रममा बैना गरेको ३ लाख ५० हजार रुपैयाँ फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा परेको उजुरी उपर कारबाही गर्ने क्रममा श्रेष्ठले रकम नदिए प्रहरीमा पठाएर थुनाइदने भनेपछि रकम दिन पीडित पक्ष राजी भएको बुझिएको छ ।
रकम फिर्ता गर्न २५ हजार रुपैयाँ मागेपछि त्यही रकम दिने क्रममा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।