बंगलादेशविरुद्धको ओडीआई सिरिज न्यूजिल्याण्डले एक खेलअगावै जित्याे

 फागुन ४, २०७५ शनिबार ११:४४:१६ | एजेन्सी
unn.prixa.net

बंगलादेशविरुद्धको तीन वटा एक दिवसीय क्रिकेटको सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ ।

आज भएको दोस्रो एक दिवसीय क्रिकेटमा ८ विकेटको जित निकाल्दै सिरिज आफ्नाे पक्षमा पारेको हो ।

बंगलादेशले दिएको २२७ रनको लक्ष्य न्यूजिल्याण्डले ३६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजिल्याण्डको जितमा मार्टिन गुप्तिलले उत्कृष्ट शतकीय पारी खेलेका थिए । ८८ बल खेलेका गुप्तिलले १४ चौका र ४ छक्काको मद्दतले ११८ रन बनाए ।

यसैगरी केन विलियम्सन र राेस टेलर क्रमश ६५ र २१ रनमा नटआउट रहे । टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेश ४९.४ ओभरमा अल आउट हुँदै २२६रनमा समेटिएको थियो ।

बंगलादेशका मोहमद मिथुनले ५७ रन जोड्दा सब्बिर रहेमानले ४३ रनको योगदान गरे । न्यूजिल्याण्डका लोकी फर्गुसनले ३ तथा टड एस्ले र जेम्स निसमले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया