आउँदो विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह

 फागुन ७, २०७५ मंगलबार ६:५४:२१ | एजेन्सी
unn.prixa.net

सन् २०११ काे विश्वकप क्रिकेटकाे सेमिफाइनलमा पाकिस्तानी प्रशंसक

भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले आउँदो जुनमा हुन लागेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह गरेका छन् । 

गएको बिहीबार कश्मीरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच सम्बन्ध निकै चिसिएको छ । 
पाकिस्तानको जेलमा रहेका भारतीय सुरक्षाकर्मी कुलभुषण यादवका बारेमा अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ हुँदै गर्दा भारतीय कुटनीतिज्ञले पाकिस्तानी कुटनीतिज्ञसँग हात मिलाएका थिएनन् । त्यस्तै भारत आउने पाकिस्तानी सामानमा २००प्रतिशतसम्म भन्सार लगाउनेदेखि पाकिस्तानलाई अन्तर्राष्ट्रिय रुपमै एक्ल्याउनुपर्छ भनेर भारत लागिपरेको छ ।

दुई देशबीचको तिक्तता क्रिकेटमा पनि देखिएको छ । 

भारत र पाकिस्तानले सन् २०१३ देखि यता द्विपक्षीय सिरिज खेलेका छैनन् । तर न्युट्रल भेन्यूमा भने सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २०१८ को एसिया कपमा भने भारत र पाकिस्तानले एक अर्कासँग खेलेका छन् । 

इंग्ल्याण्ड र वेल्समा हुने आउँदो विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जुन १६ मा हुने तालिका छ । दुई देशबीचको खेल म्यानचेस्टरमा हुनेछ ।

भारतीय क्रिकेट क्लब(सीसीआई)का सचिव सुरेश बाफ्ना भन्छन्, ‘हाम्रा सीआरपीएफ जवानमाथि भएको आक्रमणको हामी निन्दा गर्छौँ । मूलतः सीसीआई एउटा खेलकुदसम्बन्धी संस्था भए पनि खेलभन्दा पहिले देशनै आउँछ ।’ बाफ्नाले आफूहरुले पाकिस्तानसँगको विश्वकप क्रिकेट बहिष्कार गर्न आग्रह गरेको पनि बताएका छन् ।

तर भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन । 

पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी आईएमजी रिलायन्सले पाकिस्तान सुपर लिगबाट हात झिकेको छ भने डी–स्पोर्ट टेलिभिजन च्यानललाई पीएसल खेल भारतमा प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया