चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपकाे क्वार्टरफाइनलमा

 फागुन ७, २०७५ मंगलबार ७:१७:१७ | एजेन्सी
unn.prixa.net

चिर प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

युनाइटेडले चेल्सीलाई उसकै मैदानमा दुई-शून्य गोल अन्तरले हरायो । रोमाञ्चक बनेको खेलको ३१ औं मिनेटमा युनाइेटेडले हेरीराको गोलमार्फत खेलमा अग्रता बनायो । त्यसपछि ४५ औं मिनेटमा पउल पोग्बाले टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दुई गोलले पछि परेको चेल्सी घरेलु दर्शकमाझ खेलमा फर्कन सकेन र पराजित भयो ।

च्याम्पियन्स लिगमा पीएसजीसँगको हारले दुःखी बनेका प्रशिक्षक गुनरको टिमले यो खेलबाट कमब्याक गरेको छ । एफए कपबाट बाहिरिएपछि चेल्सीको प्रशिक्षक माउरीजीयो सारीको पद भने झन दबाबमा परेको छ ।

प्रिमियर लि पछि अब एफए कप मा पनि पराजित भएको सारीमाथि चेल्सीका समर्थकले विरोधमा खनिएका छन । खेलपछि सारीले टिमले पुरै दुविधाजनक फुटबल खेलेको बताए । उनले आफू नतिजाबाट दुःखी भए पनि समर्थकको व्यवहारले नभएको बताएका छन । यो हारपछि चेल्सीले पछिल्ला १० खेलमा ५ खेलमा हार ब्यहोरेको छ । 

टिमको हारपछि चेल्सीका प्रशिक्षक सार्रीले क्लब छोड्नुपर्ने आवाज उठाइरहेकाहरुलाई झनै बल पुगेको छ । पछिल्ले समय खराब लय देखाइरहेपछि सारीलाई चेल्सीको प्रशिक्षकबाट बर्खास्त गर्नुपर्ने आवाज चर्को रुपमा उठिरहेको छ ।  चेल्सी पहिलो हाफमै दुई -शून्यले पछि परेपछि स्ट्याम्फोर्ड ब्रिजमा उपस्थित सयौँ दर्शकले सारीलाई 'तिमी भोलि बिहानै बर्खास्त हुँदैछौ' भन्दै आक्रोश पोखेका थिए । चेल्सीका समर्थकले फ्रयांक लाम्पार्डलाई प्रशिक्षक बनाउन पनि माग गरेका छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया