दश वर्ष अगाडि ज्यान मारेर फरार रहेका अभियुक्त  पक्राउपछि सार्वजनिक

 फागुन ७, २०७५ मंगलबार २०:४५:१९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा दश वर्ष अगाडि ज्यान मारेर फरार रहेका एक अभियुक्तलाई  पक्राउ गरी सार्वजनिक गरिएको छ । 

२०६५ साल वैशाख ५ गते बेलुका तत्कालीन फुङलिङ गाउँ विकास समिति वडा नं. ४ कोप्चेमा होटल व्यवसाय गरी बस्दै आएका ३५ बर्षका दिलकुमार राई र उनकी गर्भवती श्रीमती को हत्या गरी फरार रहेका २७ वर्षीय चर्तुरमान साँवालाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।

साविक साँवा गाउँ विकास समिति वडा नं. ९ घर भएका चर्तुरमान भारत तथा विभिन्न ठाउँमा लुकिछिपी बस्दै अहिले पोखरामा भएको भरपर्दाे सुराकपछि पक्राउ परेका हुन् । 

राईकाे होटलमा गएको र जाँडको निगार खान माग्दा नदिएकाले आफूले छुरा हानेको साँवाले स्वीकारेका छन् । 

अभियुक्तलाई खोज तलासको क्रममा कास्कीको पोखरामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा  पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा मंगलबार ल्याइएको प्रहरी प्रमुख डिएसपी संजयसिंह थापाले बताउनुभयो । 

उहाँले अभियुक्त चर्तुरमानलाई कानुन अनुसार कारबाही गरिने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया