खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – पुलवामा हमलापछि नवजाेत सिंह सिद्धूले त्यो हमला आतंककारी संगठनले गरेका कारण पाकिस्तानलाई आरोप लगाउन नहुने बयान दिएका थिए ।
आतंकवादी हमलामा ४० भन्दा बढी सैनिक मारिएपछि पाकिस्तानसँग आक्रोशित भारतीय जनताहरुले सिद्धूको यस किसिमको बयानको चर्को आलोचना गरे ।
यही कारण नवजोत सिंह सिद्धूलाई सोनी टेलिभिजनबाट प्रसारण हुने ‘द कपिल शर्मा शो’ बाट निष्कासित गरिएको खबरहरु सार्वजनिक भएका थिए । तर अहिले सार्वजनिक भएका खबरहरुका अनुसार सोनी टेलिभिजनले सिद्धूलाई ‘द कपिल शर्मा शो’ बाट पूर्ण रुपमा निष्काशित गर्ने निर्णय भने लिन सकिरहेको छैन । सोनी टेलिभिजनलाई निर्णय लिनमा दुविधा हुनुको मूख्य कारण शो का संचालक कपिल शर्मा र बलिउड सुपरस्टार सलमान खान रहेको बताइएको छ ।
सलमान खानले च्यानललाई अन्तिम निर्णय लिनुभन्दा अघि अहिलेको माहोललाई शान्त हुने बेलासम्म पर्खन सल्लाह दिएका छन् । साथै शोका सञ्चालक कपिल शर्मा पनि सिद्धूको पक्षमा नै बोलिरहेका छन् । चर्चित शो ‘द कपिल शर्मा शो’ का अब प्रसारण हुने केही अंकहरुमा सिद्धू देखिने छैनन् । तर उनी छिट्टै नै श मा फर्कन सक्ने सम्भावना भने बढिरहेको छ ।
खबरहरुका अनुसार सुरुमा नवजोत सिंह सिद्धूको बयानका कारण विवाद चर्किए पनि सोनी च्यानलले कुनै निर्णय लिन सकिरहेको थिएन । ‘द कपिल शर्मा शो’ का निर्माता सलमान खान आफैले सिद्धूलाई शोबाट हटाउने निर्णय तुरुन्तै लिएका थिए ।
एक निर्माताका रुपमा सलमान खानले उक्त शोलाई खतरामा राख्न नखोजेका कारण त्यस्तो निर्णय लिएका थिए । टीआरपीका हिसाबले राम्रोसँग चलिरहेको शोलाई कुनै एक व्यक्तिका कारण नोक्सान हुन नदिनका लागि सलमानले सिद्धूलाई शोबाट हटाउने निर्णय लिएका थिए ।
कपिल शर्माले हालै उनको एक अन्तर्वार्तामा नवजोत सिंह सिद्धूलाई शोबाट निलम्बन गरिनु दिगो समाधान नभएको बताएका थिए । तसर्थ अहिले नवजोत सिंह सिद्धूको ठाउँमा अभिनेत्री अर्चना पुरन सिंह आए पनि केही समयपछि सिद्धू नै शोमा फर्कन सक्ने खबरहरु सार्वजनिक भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।