रोनाल्डोको एक दर्जन प्रहार खेर गयो, एट्लेटिको मड्रिडसँग २-० ले हार्‍यो युभेन्टस

 फागुन ९, २०७५ बिहीबार ७:१४:५५ | एजेन्सी
unn.prixa.net

च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस एट्लेटिको मड्रिडसँग दूई–शून्यले पराजित भएको छ । 

च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेलमा युभेन्टसविरुद्ध अहिलेसम्मकै ठूलो जित निकालेको एट्लेटिकोका लागि जिमिनेज र गोडिनले एक–एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा डिएगो सिमोनको टिम एट्लेटिकोले पहिलो हाफमा युभेन्टसलाई बराबरीमा रोक्न सफल भयो । ७१ औं मिनेटमा युभेन्टसले गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । तर ७८ औं मिनेटमा एट्लेटिकोले खेलमा अग्रता बनायो । जोस जिमिनेजले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । 

त्यसपछि ८३ औं मिनेटमा एट्लेटिकोले अग्रता दोब्बर पार्यो । डिएगो गोडिनले सेटपिसमा उत्कृष्ट गोल गर्न सफल भए । दुई गोलले पछि परेको युभेन्टसले त्यसपछि पनि तीन वटा मौका पाएको थियो । जसमा एक पटक क्रिस्टियानो रोनाल्डो असफल भए भने एक पटक फ्रद्रिकोको प्रहारलाई रोकियो । 

खेलको इन्जुरी समयमा फेरि रोनाल्डोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । जसका कारण एट्लेटिकोले पहिलो लेगमा दुई गोलको अग्रता लिन सफल भयो । पुरै खेलमा रोनाल्डोले एक दर्जनजति प्रहार गरे पनि गोल गर्न सकेनन् ।

अर्को खेलमा म्यानचेस्टर सिटीले एफसी साल्केलाई तीन–दुई गोलअन्तरले हरायो । १० खेलाडीमा झरेको सिटीको जितमा रहिम स्ट्रलिङले गरेको गोल निर्णायक बन्यो ।

खेलको १८ औं मिनेटमा सर्जियो अगुइरोको गोलमार्फत सिटीले खेलमा अग्रता बनाएको थियो । तर ३८ औं मिनेटमा साल्केले पेनाल्टीको अवसर पायो । जसलाई बेन्टालेबले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ४५ औं मिनेटमा फेसर सिटीका खेलाडीले फल गर्दा साल्केले अर्को पेनाल्टी पायो । यसपटक पनि बेन्टालेबले गोल गर्दै खेल दुई–एकको अवस्थामा पुर्याए । 

एक गोलले पछि परेका बेला निकोलस ओटामेन्डी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि सिटी दश खेलाडीमा झर्यो । ८५ औं मिनेटमा सब्स्टिच्यूड खेलाडी लिरोय सानेले गोल गर्दै खेल बराबरी गर्न सफल भए । ९० औं मिनेटमा रहित स्ट्रलिङले गोल गर्दै सिटीलाई पहिलो लेगमा तीन–दुईको जित दिलाए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया