इंग्लिस प्रिमियर लिग : वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ ले हरायो

 फागुन ११, २०७५ शनिबार ६:३२:३६ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेइलोफोउले ह्याट्रिक गरे ।

लिगको मध्यक्रममा रहेको वाटफोर्डले खेलको १८ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि जेरार्डले गोल गरे । त्यसपछि ६१ औं मिनेटमा फेरि जेरार्डकै गोलमार्फत उसले अन्तर दुई-शून्यमा पुर्‍यायाे । त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमको स्कोर तीन शून्यमा-पुर्याए ।

वाटफोर्डका खेलाडीले प्रिमियर लिगमा गरेको यो पहिलो ह्याट्रिक हो । त्यसपछि ७३ औं मिनेटमा डीनेले गोल गर्दै वाटफोर्डले अग्रता चार-शून्यमा लम्ब्याए । ८२ औं मिनेटमा उसले एक गोल फर्काए पनि इन्जुरी समयको पहिलो मिनेटमा फेरि अर्को डीनेले व्यक्तिगत दोस्रो गोल थप्दा वाटफोर्डले पाँच एकको जित निकाल्यो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया