भारतको असममा विषाक्त रक्सीले कम्तीमा ५० जना चिया मजदुरको ज्यान लियो

 फागुन ११, २०७५ शनिबार ७:१७:४६ | एजेन्सी
unn.prixa.net

भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ ।  

विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको हो । जमघटमा आएका आफन्त र छिमेकीले विषाक्त रक्सी खाएका थिए । एकैछिनमा चार जना महिलाको ज्यान गएको त्यसपछि एक्कासि सबै बिरामी पर्न थालेको असम प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले चिया बगाननजिकै जुगीबारीमा रहेको अवैध रक्सी उद्योगका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान थालेको बताएको छ । 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि गएको दुई हप्तामा विषाक्त रक्सीकै कारण झण्डै एक सय जनाको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया