विश्वको सबैभन्दा ठूलो झिंगाको कहानी

 फागुन १२, २०७५ आइतबार ७:२१:३ | एजेन्सी
unn.prixa.net

सन् २०१२ मा दक्षिण भारतीय चलचित्र ‘मक्खी’ प्रदर्शनमा आएको थियो । चलचित्रको मुख्य भूमिकामा एउटा यस्तो झिंगाको बारेमा देखाइएको थियो जो साधारण झिंगाभन्दा फरक थियो । हामी यस्तै एक असाधारण झिंगाको बारेमा हामी तपाईंलाई जानकारी गराउँदैछौँ । 

दुनियाको सबैभन्दा ठूलो झिंगाको खोजी गरिएको छ । यसको आकार मानिसको औँला जति नै ठूलो छ । दशौँ वर्ष अघि यो प्रजातिका झिंगा हराएको थियो । अहिले यसलाई इण्डोनेसियाको आइल्याण्डमा भेटिएको छ । 

लामो समयको खोजपछि जंगल विभागले यो प्रजातिको झिंगा भेटेको बताएको छ । यसको नाम ‘वैलेस जाइन्ट बी’ हो । यसको नाम प्रकृतिवादी खोजकर्ता रसेल वैलेसको नामबाट राखिएको छ । 

सन् १९८१ मा केही वैज्ञानिकले यस प्रजातिको झिंगाका बारेमा बताएका थिए । यसपछि यस प्रजातिको झिंगा कतै देखिएको थिएन ।  यो वर्ष जनावरीमा इण्डोनेसियाको जंगलमा विज्ञहरुको टोलीले यो झिंगाको खोजी गरेको थियो । 

यसको पहिलो तस्बिर खिच्ने क्ले बोल्टले भने ‘यो बिल्कुल हैरान गर्ने किसिमको थियो । हामीलाई लागेको थियो यो प्रजातिको झिंगा लोप भैसकेको थियो । जब यो झिंगा उड्थ्यो, यसको पखेटाको आवाज स्पस्ट सुनिन्थ्यो ।’

यो झिंगा इण्डोनेसियाका उत्तरी माल्याकुश आइल्याण्डमा भेटिएको हो । यो प्रजातिको झिंगा विश्वबाटै लोप हुने अवस्थामा छ । 

पर्यावरण समूह ग्लोबल वाइल्ड लाइफ कञ्जर्भेसनले लोप हुन लागेका प्रजातिको खोजी गर्नका लागि एक अभियान चलाइरहेका छन् । यो पनि यही अभियानको एउटा हिस्सा हो । 

–बीबीसी हिन्दीबाट 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया