बैठकमा तीन मिनेट ढिला पुग्दा जापानका मन्त्रीले मागे माफी

 फागुन १२, २०७५ आइतबार १३:०:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानका ओलम्पिक मन्त्री याशीताका साकुर्दाले बैठकमा आफू तीन मिनेट ढिलो पुगेकोमा सार्वजनिक रुपमै माफी मागेका छन् । उनी बिहीबारकाे संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । उनका प्रतिपक्षले यसबारे संसदमा कुरा उठाएपछि उनले माफी माग्नुपरेको हो ।

प्रतिपक्षले उनी जहिले पनि कार्यक्रम स्थलमा समयभन्दा ढिलो आउने प्रवृत्तिले कार्यालयप्रति अनादर गरेको भन्दै पाँच घण्टाको लागि बजेट कमिटीको बैठक बहिस्कार गरेका थिए ।

उनी पटक–पटकका आलोचित अभिव्यक्तिले विवादमा तानिदै आएका छन् । गएको हप्ता पनि एक महिला खेलाडीमाथि उनले दिएको अभिव्यक्तिले उनी विवादमा मुछिएका थिए । 

उनले ओलम्पिक गोल्ड मेडलिस्ट खेलाडी ल्युकोमिया रोगबाट ग्रसित भएको भन्दै आफूले उनैबाट आशा गरेको र अब उनले आफूलाई निराश बनाएको बताएका थिए । त्यो अभिव्यक्तिको तिव्र आलोचना भएपछि त्यतिबेला पनि उनी माफी माग्न बाध्य भएका थिए । 

साइबर सुरक्षा मन्त्री भएको बेला उनले आफूले कहिल्यै पनि कम्प्युटर नचलाएको र आफ्ना सहयोगीबाट नै काम गराउने गरेको बताएका थिए । उनका यस्तै–यस्तै विवादित अभिव्यक्तिले उनका प्रतिपक्षीहरुले बारबार उनलाई राजीनामा दिन भनिरहेका छन् ।

 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया