महाकुम्भमा पुगेर मोदीले धाेए सरसफाइ कामदारका खुट्टा (भिडियोसहित)

 फागुन १२, २०७५ आइतबार १९:५:५४ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार प्रयागराजमा सञ्चालित कुम्भ मेला दर्शनको क्रममा त्यहाँ खटिएका सरसफाइ कर्मचारीको खुट्टा धाेएका छन् । 

उनले कुम्भ मेलामा तपयोगी, जपयोगी र कर्मयोगी रहेको भन्दै कर्मयोगीमा डुंगा चालक, स्थानीयबासी देखि सरसफाइकर्मी सबै रहेको बताउँदै कर्मयोगीले दिनरात नभनी कुम्भ मेलालाई सहज बनाएको भन्दै सबैलाई धन्यवाद पनि व्यक्त गरे।  

माेदीले प्रयागराज भूमिमा आउन पाउँदा आफूलाई धन्य महसुस भएको र सरसफाइ कर्मचारीले यहाँको सरसफाइलाई पुरै दुनियाँमा चिनाएको समेत बताउन भ्याए ।

माेदीले यति स्वच्छ गंगा नदीमा योभन्दा अगाडि कहिल्यै पनि डुबुल्की नलगाएको र कुम्भ मेलालाई सफल बनाउनमा सफाइकर्मीको महत्वपूर्ण हात रहेको भन्दै सरसफाइकर्मीको खुलेर प्रशंसा गरे ।

उनलेले सरसफाइ कर्मचारीको खुट्टा धोएर सफा कपडाले पुछिदिए । यसै्बीच मोदीले योगी सरकारलाई बधाइ दिँदै कुम्भ मेलाले स्वच्छताको बलियो सन्देश दिएको पनि बताए ।

अहिले माेदीको याे कार्यको भारतीय मिडियामा चर्चा भइरहेको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया