४ हजार किलाेमिटर रेलको यात्रा गरेर भियतनाम पुगे किम जोङ उन

 फागुन १४, २०७५ मंगलबार १३:४१:२६ | एजेन्सी
unn.prixa.net

गएको वर्ष सिङ्गापुरमा अमेरिका र उत्तर कोरियाबीचको ऐतिहासिक दोस्रो बैठक सम्पन्न भएको थियो । याे वर्षकाे बैठक भियतनाममा हुन गइरहेकाे छ ।

मंगलबार बिहान जब उत्तर काेरियाली नेता किम जाेङ उन भियतनामकाे डोङडाङ बोर्डरमा पुगे तब रेडकार्पेट ओच्छ्याइएको सडकमा झण्डा फहराउँदै भियतनामी नागरिक किमको स्वागतमा उभिएका थिए ।

त्यसपछि उनी कारमा चढेर सुरक्षा व्यवस्था कडा पारिएको राजधानी हनोईकोतर्फ रवाना भए ।, जहाँ उनको स्वागतको लागि झण्डा फहराइरहेका मानिसहरुको बाक्लो भिड उनको प्रतिक्षामा उभिएको थियो ।

 

रेलबाट डाङडोङ बाेर्डरमा ओर्लेर पर्खिरहेको कारमा जान नपाउँदै किम उनलाई क्यामेरापर्सन र सरकारी अधिकारीहरुको टोलीले घेरे । स्टेसनमा कालो सुटमा खटिएका उनका बडीगार्डहरुले उनलाई घेरेर राखेका थिए किम कारभित्र बस्नेबित्तिकै उनीसँगै बडीगार्डहरु पनि दायाँबायाँ लागेर कारसँगै गए ।

किमले किन रेलमा चढेर भियतनामको यात्रा गरे ?

प्योङयाङदेखि भियतनामसम्म पुग्दा किमले दुईदिन समय र लगभग ४ हजार किलोमिटर(२४८५ माइल) को दूरी पार गरेका थिए । यदि उनले हवाई यात्रा गरेको भए एक घण्टामै भियतनाम पुग्न सक्थे ।

जब किम चढेको ट्रेन चीनमा पुग्यो त्यहाँका सडकहरु बन्द गरिए र रेलस्टेसन पनि बन्द गरिएको थियो । चिनियाँ मिडियामा ट्राफिक जाम र ट्रेन ढिलो भएको बारेमा हलचल थियो ।

अमेरिका आशावादी रहेको अर्काे एउटा बैठक

भियतनामको डाङडोङ स्टेसन पनि मानिसहरुको भिडले भरिएको थियो । अहिले पनि उनी बोर्डरबाट लगभग १७० किलोमिटर दूरी पार गरेर हनोई पुगेका छन् ।

यो आश्चर्य लाग्ने कुरा हो कि यति लामो दूरी यात्रा गर्न पनि किमले किन ट्रेनको यात्रा गर्छन् ? किमका हजुरबुवा तथा उत्तर कोरियाका पहिलो नेता किम दोस्रो सुङ पनि भियतनाम र पूर्वी यूराेप भ्रमण गर्दा रेलको प्रयोग गर्थे ।

यही एउटा कुराले किमलाई पनि ट्रेन प्रयोग गर्न संकेत  गरेको हुनसक्ने बताइन्छ । हरियो र पँहेलो रङको २१ बुलेटप्रुफ बग्गीसहित किमको निजी रेलमा सुविधासम्पन्न गुलावी छालाका सोफाहरु र सभाहल पनि रहेका छन् । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया