हेलिकप्टर दुर्घटनामा निधन भएकाप्रति कलाकारकाे समवेदना

 फागुन १५, २०७५ बुधबार २१:३३:२४ | मनोज दाहाल

काठकाण्डाै – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको निधन भयो । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१० को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोछिभाेया, मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन कुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी रहेका थिए । 

देशभरबाट मृतकहरुको चीर शान्तिको कामना भइरहेको छ । यसैबीच नेपाली कलाकारहरुले पनि आ–आफ्नो सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेका छन् । 

हरिवंश आचार्य

अत्यन्तै दुःखद खबर । पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैमा हार्दिक श्रद्धाञ्जलि ।

दिपकराज गिरी

हिजो मात्रै भेटेर नेपाली चलचित्र चीनमा पनि प्रदर्शन गर्नुपर्छ, म यसको लागि लागिरहेको छु भन्नुभएको थियो । आज यो फोटो समवेदना व्यक्त गर्नका लागि प्रयोग गर्नु पर्दा साह्रै दुख लागेको छ....सम्पूर्ण मृतात्माको शान्तिको कामना गर्दछु ।

केदार प्रसाद घिमिरे (माग्ने बुढा)

नेपाली चलचित्रको विकासको लागि प्रयत्नशील व्यक्तित्व माननीय श्री मन्त्री रवीन्द्र अधिकारी ज्यू, लगायत दुर्घटनामा पर्नुभएका सबैप्रति हार्दिक श्रद्धान्जली । पीडित परिवारले यो दुःख सहन सक्ने शक्ति प्राप्त गरून् । शोकाकुल परिवार प्रति हार्दिक समवेदना । तस्बिर हिजो मात्र चिनिया फिल्म महोत्सवमा नेपालका लागि चिनिया राजदूत होउलगायत सँग ।

जितु नेपाल

हिजो चाइनिज फिल्म फेष्टिभलमा चिनिया राजदूत र पर्यटन मन्त्री ज्युसँंग यसरी फोटो खिचिएको थियो । कार्यक्रम अवधिभर सँगै बसियो । मन्त्रीज्युले हाम्रो नेपाली चलचित्रलाई पनि चीनमा प्रदर्शन गर्नुपर्ने कुरा राख्नु भएको थियो । तर आज श्रदान्जली दिनुपर्दा अत्यन्तै दुख लागेको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारी ज्यु, आङ छिरीङ शेर्पा लगायत हेलिकप्टर दुर्घटनामा परी निधन भएका सम्पूर्ण प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

सिताराम कट्टेल

दुखद खबर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रवीन्द्र अधिकारी ज्यूको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको खबरले स्तब्ध बनाएको छ । पर्यटनमन्त्री लगायत सवार सम्पूर्णमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

पशुपती शर्मा

सो स्याड न्युज । दुर्घटना परेको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सबैप्रति हार्दिक श्रद्धाञ्जली ।

आकास श्रेष्ठ

आदर्णीय दाजु, पर्यटनमन्त्री माननीय रवीन्द्र अधिकारी ज्यू लगायत अन्य विशिष्ट व्यक्तिहरु सवार हेलिकप्टर दुर्घटनाको समाचारले स्तब्ध तुल्याएको छ । 

प्रमोद खरेल

दुखद क्षण, राजनीति त छँदैथ्यो , नेपाली संगीत क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान पनि अमूल्य छ । सम्झिरहने छाैँ । हार्दिक श्रद्धान्जली ।

प्रकाश कटुवाल

दुखदखबर, हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोछिभैया र क्याप्टेन प्रभाकर केसीसहित सातजनाको निधन । 
सबैप्रति हार्दिक श्रद्धाञ्जली ।

शिव परियार

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार रहेको एयर डाइनेस्टीको हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबर छ । रेस्ट इन पिस

अन्तिम अपडेट: चैत २७, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया