पाकिस्तानले भारतलाई सुम्पियो पाइलट अभिनन्दन : बाजागाजासहित  भव्य रुपमा गरियो स्वागत

 फागुन १७, २०७५ शुक्रबार २१:४९:० | एजेन्सी
unn.prixa.net

पाकिस्तानले भारतीय वायु सेनाका पाइलट तथा विंग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानले शुक्रबार साँझ भारतको जिम्मा लगाएको छ ।

वाघा सीमामा पाकिस्तानी सेनाले भारतीय बोर्डर सेक्युरिटी फोर्सका अधिकारीहरुलाई कागजपत्रसहित वायु सेनाका पाइलटलाई सुम्पिएको हो । 

अभिनन्दनका बुवाआमा छोरालाई लिन वाघा सीमामा पुगेका थिए । यस्तै भारतीय वायुसेनाका उच्च अधिकारीसहित हजारौँको सङ्ख्यामा भारतीय नागरिकहरु वाघा बोर्डर पुगेका थिए । 

भारतलाई सुम्पिनुभन्दा अगाडि उनकाे मेडिकल जाँच गरिएकाे थियाे । ढोल, नगारा बजाएर फूलमालासहित भारतीय झण्डा ओढाएर उनको भव्य स्वागत गरियाे । अभिनन्दनलाई ल्याइने पाकिस्तानको अटारी बोर्डरबाट वाघा बोर्डर सडकको चारैतर्फ पञ्जाबी प्रहरीका जवानले सुरक्षा पहरा दिएका थिए ।

अटारी बोर्डरमा पाकिस्तानको तर्फबाट बिटिङ रिट्रिटपछि उनलाई पाकिस्तानी सेनाको गाडीमा राखेर गाडीको लस्करसहित वाघा बोर्डरमा ल्याइएको थियो । अटारी र वाघा बोर्डरबीचको दूरी तीन किलोमिटर छ ।

पाकिस्तानले आफ्नो तर्फबाट अटारी बोर्डरमा बीटिङ रिट्रीट गरे पनि भारतले भने सुरक्षाका कारण रिट्रिट नगर्ने निर्णय गरेको छ । अमृतसरका डेप्युटी कमिश्नर शिव दुलार सिंह ढिलोनले सुरक्षाको कारण बताउँदै अटारी वाघा बोर्डरमा गरिने बीटिङ द रिट्रिट नहुने बताएका थिए ।  

को हुन अभिनन्दन ?

को हुन् अभिनन्दन ?

अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो । 

पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’

त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन्  भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् । त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् । 

अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया