जर्मन बुण्डेसलिगा : अग्सबर्गसँग बोरुसिया डर्टमन्डकाे आश्चर्यजनक हार

 फागुन १८, २०७५ शनिबार ६:३८:३० | एजेन्सी
unn.prixa.net

जर्मन बुण्डेसलिगाको लिग लिडर बोरुसिया डर्टमन्डले अग्सबर्गसँग दुई-एकको आश्चर्यजनक हार व्यहोरेको छ ।

गएराति अग्सबर्गको घरेलु मैदानमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई हारको स्वाद चखाउन जी डोङ उनले दुई गोल गरे । घरेलु दर्शकमाझ अग्सबर्गका लागि जी डोङले खेलको २४ औं मिनेटमा पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अग्सबर्गले ६७ औं मिनेटमा अन्तर दुई शून्यमा पुर्‍यायाे । यसपटक उसका लागि फेरि जी डोङले नै गोल गरे ।

दुई गोलले पछि परेको बोरुसियाका लागि ८१ औं मिनेटमा पाको एल्काचेरले गोल गर्दै अन्तर कम गरे पनि उनको  गोल टिमलाई हारबाट बच्न प्रयाप्त बनेन ।

जारी लिगमा बोरुसियाको याे दोस्रो हार हो । यो हारपछि उसले दोस्रो स्थानको बार्यन म्युनिखसँग ६ अंकको अग्रता बनाउन बनाउनबाट चुक्यो । डर्टमुन्डको २४ खेलबाट ५४ अंक छ भने दोस्रो स्थानको बायर्नको २३ खेलबाट ५१ अंक छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया