जैश-ए-मोहम्मदका प्रमुख माैलाना मसूद अजहर जिउँदै छन् : पाकिस्तानी मिडिया

 फागुन २०, २०७५ सोमबार १६:३:२८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी मिडियाले जैश-ए-मोहम्मदका प्रमुख माैलाना मसूद अजहरको मृत्युको खबरमाथि खण्डन गरेको छ ।

मसूद अजहरका परिवारको गोप्य सूत्रले उनी जिउँदै भएको खबर दिएको छ । हिन्दुस्तान टाइम्सले जियो उर्दू न्यूजलाई उद्धृत गर्दै मसूद अजहरको मृत्युको खबर झुटो भएको बताएको छ । 

तर यस खबरमा अजहर जिउँदो भए कुन ठाउँमा र कस्तो अवस्थामा छन् भन्ने बारे भने केही पनि बताइएको छैन । केही दिन पहिले पुख्ता सूत्रद्वारा अजहरको स्वास्थ्य एकदमै खराब भएको सूचना भने प्राप्त भएको थियो । भन्न त अजहरको रावलपिण्डीको सैनिक अस्पतालमा उपचार भइरहेको र उनका दुवै मृगौलाले काम गर्न छाेडेकाेसम्म पनि भनिएको थियो । 

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले मिडियासँग बोल्दै मसूद अजहरको खराब स्वास्थ्यको बारेमा बताएका थिए । उनको मृत्युसँग जोडिएका खबरमाथि पाकिस्तानी सरकारले भने  केही पनि बताइएकाे छैन । 

यसबारे पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीसँग सोधपुछ गर्ने क्रममा उनले आफू यसबारे केही पनि बोल्न नचाहेको बताएका थिए ।


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया