भारतको गुडगाउँ (गुरुग्राम) विश्वकाे सबैभन्दा प्रदूषित शहर

 फागुन २१, २०७५ मंगलबार १५:३३:५६ | एजेन्सी
unn.prixa.net

एक सर्वेक्षणमा भारतको हरियाणाको गुडगाउँ (गुरुग्राम) विश्वकै सबैभन्दा बढी प्रदूषित शहर मानिएको छ । पर्यावरणको क्षेत्रमा काम गर्ने एक विश्वव्यापी स्वंसेवी संस्था ग्रीन पिसले यस सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार विश्वका १० सबैभन्दा प्रदूषित शहरमध्ये ७ शहर भारतका रहेका छन् । भारतको राजधानी दिल्लीसँगै रहेको गुडगाउँसहित गाजियाबाद, फरिदाबाद, नोएडा र भिवान्डी त विश्वका सबैभन्दा बढी ६ प्रदूषित शहरभित्र परेका छन् ।  

यतिमात्र होइन विश्वका ३० सबैभन्दा बढी प्रदुषित शहरको कुरा गर्ने हो भने पनि २२ वटा शहर त भारतका मात्रै छन् । यस्तै पाँच शहर चीनका, पाकिस्तानका दुई शहर र बंगलादेशको एक शहर यो सूचीमा परेका छन् ।

सर्वेक्षणमा यो भन्दा बढी चिन्ताको विषय त यो छ कि, आउँदो वर्ष मात्रै विश्वभरिका करिब ७० लाख मानिसहरु प्रदूषणका कारण ज्यान गुमाउन सक्नेछन् ।

यस्तै प्रदूषणका कारण विश्वको अर्थव्यवस्थामा २२५ अर्ब डलर बराबरको भार बढ्न सक्ने बताइएको छ । ग्रीनपीस दक्षिण एसियाका कार्यकारी प्रमुख येब सानो भन्छन्, ‘प्रदूषणले हाम्रो स्वास्थ्यलाई कस्तो असर पारिरहेको छ भन्ने त यो एउटा सानो सङ्केत मात्र हो ।’

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया