कांग्रेसलाई गुटमुक्त बनाऔँ : देउवा, पेलेर गए गुट जन्मिन्छ : पाैडेल

 फागुन २१, २०७५ मंगलबार १७:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको बताउनु भएको छ । 

सभापति देउवाले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डा. शशांक कोइरालालाई पनि आग्रह गर्नुभयो । आफूले सबैको सहयोगमा सभापति बनेको उल्लेख गर्दै उहाँले पार्टी भित्रको गुटउपगुटले कसैलाई पनि फाइदा नपुर्‍याउने पनि उल्लेख गर्नु भयो । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो ७३ औं स्थापना दिवसको अवसर पारेर काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले देशको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै चर्को आलोचना गर्नुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गर्नुभयो । उहाँले एकपक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टीभित्र विभिन्न गुट जन्मने गरेको दाबीसमेत गर्नुभयो । 'कम्युनिष्टहरुभन्दा उत्कृष्ट हौं' भनेर जनतामा जान पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको प्रतीक बन्न खोजिरहेको आरोप समेत लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया