मसूद अजहरका भाइसहित ४४ आतंककारी पक्राउ

 फागुन २१, २०७५ मंगलबार १९:१:६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले आतंककारी संगठन जैस-ए-मोहम्मदका संस्थापक मसूद अजहरका भाइसहित ४४ जना आतंककारीलाई नियन्त्रणमा लिएकाे छ । पाकिस्तानका गृह राज्य मन्त्री शहरयार अफ्रीदीले मंगलबार ४४ जनालाई हिरासतमा लिएको जानकारी दिएका छन् ।

यीमध्ये मसूद अजहरका भाइ मुफ्ती अब्दुर रउफ पनि छन् । यस्तै मसूद अजहरका अर्का नातेदार हम्माद अजहरलाई पनि हिरासतमा लिइएको छ ।

गृह मन्त्रालयको तर्फबाट जारी गरिएको बयानमा यिनीहरुलाई जाँचको क्रममा हिरासतमा लगिएको बताइएको छ । पाकिस्तानस्थित आतंकवादी संगठन जैश-ए -मोहम्मदले नै भारत प्रशासित कश्मीरको पुलवामा आक्रमणको जिम्मा लगेको थियो ।

भारतले पाकिस्तानलाई दिएको सूचीमा कतिपय आतंकवादीको नाम थिए । जो अहिले हिरासतमा छन् उनीहरुमध्ये धेरैको नाम भारतले दिएको ब्यूरो सूचीमा समावेश गरिएका थिए ।

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

तर पाकिस्तानको गृह मन्त्रलाका सचिव आजम सुलेमानले भनेका छन्, ‘हो यीमध्ये कतिपयको नाम भारतको तर्फबाट दिइएको ब्यूरोमा समावेश छन् । यदि उनीहरुको विरुद्ध कुनै प्रमाण भएमा कारबाही गरिनेछ ।’

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया