ट्रम्पले दिए मोदीलाई झट्का, भारतको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने

 फागुन २२, २०७५ बुधबार ८:२०:३० | एजेन्सी
unn.prixa.net

अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ ।

अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइएको छ ।

लोकसभाको चुनाव अगाडि अमेरिकाले गरेको यो निर्णयले नरेन्द्र मोदीको सरकारलाई चुनौति थपिएको छ । अहिलेसम्म यो नीतिका कारण भारतबाट अमेरिका जाने एक हजार ९ सय ३० उत्पादनले अमेरिकामा आयात शुल्क तिर्नबाट बच्दथे ।

यो परिवर्तनपछि अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमाआधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ । यसको यसको असरले हजारौँको रोजगारीमा संकट निम्त्याउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

सन् १९३० मा अमेरिकी सरकारले विकासशील देशको अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यसहित यो नीति अपनाएको थियो । यो नीति अनुसार विकासशील देश आफ्ना केही उत्पादनलाई आयात शुल्क बिना अमेरिकालाई निर्यात गर्न सक्दथ्यो ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया