यस्ताे छ विश्वका अर्बपतिकाे नयाँ सूची, नेपाली अर्बपति विनाेद चाैधरी २१२ स्थान माथि उक्लिए

 फागुन २२, २०७५ बुधबार १९:२०:१३ | एजेन्सी
unn.prixa.net

विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । फोर्ब्स म्यागजिनले सन् २०१९ सालका २ हजार १ सय ५३ जना अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।

अर्बपतिहरुको यो संख्या अघिल्लो वर्षको भन्दा ५५ जनाले कम छ । त्यसमा समावेश भएकामध्ये ४६ प्रतिशत अर्थात ९ सय ९४ अर्बपतिहरुको सम्पत्ति अघिल्लो वर्षकोभन्दा घटेको तथ्यांकले देखाएको छ ।

यीमध्ये अत्यधिक धनीमा परेकाको कूल सम्पत्ति ८ दशमलव ७ खर्ब अमेरिकी डलर अघिल्लो वर्षको भन्दा ४ सय अर्ब अमेरिकी डलरले घटेको छ । समग्रमा 
अघिल्लो वर्षको भन्दा ११ प्रतिशत अर्थात २ सय ४७ मानिसहरु त्यो सूचीबाट बाहिरिएका छन् । 

सबैभन्दा बढी एशिया प्यासिफिक क्षेत्रबाट ६० जना कम परेका छन् । त्यसमध्ये अघिल्लो वर्ष भन्दा चीनका ४९ जना अर्बपतिहरु यो वर्ष घटेका छन् । यस्तै युरोप, मध्यपश्चिम क्षेत्र र अफ्रिकाले पनि आफ्नो स्थान गुमाएको छ । 

अमेरिकी क्षेत्र भने अमेरिका र ब्राजिलका कारण उँभो लागेको छ । यी दुई क्षेत्रमा अर्बपतिहरुको संख्या अघिल्लो वर्षको भन्दा अत्यधिक बढेको छ । त्यहाँ अहिले ६ सय ७ जना अर्बपतिहरु छन् । यो तथ्यांकले विश्वका २० मध्ये १४ अर्बपति अमेरिकामै भएकाे देखाएकाे छ । 

अमेजन कम्पनीका मालिक जेफ बेजोज यो वर्ष पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचिमा परेका छन् भने उनलाई बिल गेट्सले पछ्याएका छन् अर्थात बिल दोस्रो स्थानमा छन् ।

सबैभन्दा धनी अर्बपति जेफ बेजोजको सम्पत्ति १ सय ३१ अर्ब अमेरिकी डलर छ जुन अघिल्लो वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढी हो । यस्तै माइक्रोसफ्टका मालिक बिल गेट्स ९६ दशमलव ५ अर्बसहित दोस्रो स्थानमा र बर्कसायर कम्पनीका मालिक वारेन बफेट ८२ दशमलव ५ अमेरिकी डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

सूचिकाे आठौँ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग (६२.३ अर्ब अमेरिकी डलर) र गुगलका संस्थापक ल्यारी पेज ५०.८ अर्ब अमेरिकी डलरसहित दसौं स्थानमा परेका छन् ।

नेपालबाट विनोद चौधरी यो सूचीमा कायमै छन्, उनी अर्बपतिको सूचिमा १ दशमलव ७ अमेरिकी डरलसहित १३ सय ४९ औँ स्थानमा रहेका छन् ।  अघिल्लाे वर्ष चौधरी १.३१ मिलियन डलरसहित १५६१ औँ स्थानमा थिए भने यसपाला उनकाे सम्पत्तिमा ३९० मिलियन डलर बढाेत्तरी भएर २१२ स्थान माथि चढ्दै १३४९ औ स्थानमा पुगेका हुन् ।

यो सूचीमा १ सय ९५ नयाँ अर्बपतिहरुले पनि प्रवेश गरेका छन् । यिनीहरुमध्ये सबैभन्दा धनी चिनिया वेब रिटेलर कम्पनी पिण्डुडुओका मालिक कोलिन हुवाआङ रहेका छन् ।

यस्तै सबैभन्दा कम उमेरमा अर्बपतिको सूचीमा नाम लेखाउनमा सफल कस्मेटिक कम्पनीकी मालिक २१ वर्षीया काइली जेनर बनेकी छिन् । उनले मार्क जुकरबर्गको रेकर्ड तोडेकी छिन् । जुकरबर्गले २३ वर्षको उमेरमा सबैभन्दा कान्छा अर्बपति भएको रेकर्ड राखेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल सम्पत्ति तीन दशमलव १ अर्ब अमेरिकी डलर छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया