रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले आगामी वर्षका लागि ९६ करोड २२ लाख ८३ हजार बजेट ल्याएको छ ।
चालुतर्फ ६२ करोड २२ लाख ३९ हजार र पूँजीगततर्फ ३४ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । स्थानीय तहले केन्द्र सरकार र प्रदेश सरकारको अनुदान र नगरपालिकाको आन्तरिक आयलाई समेत समटेर बजेट ल्याएको हो ।
नगरका उप–प्रमुख मोहनमाया ढकालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा वीरेन्द्रनगरलाई भौतिक रुपले योजनावद्ध शहर, सुविधायुक्त, स्वच्छ, तथा पर्यटकीय शहरको रुपमा विकास गर्ने बताउनुभएको छ । नगरपालिकाले सुत्केरी हुन अस्पताल जाने गर्भवती महिलाको एम्बुलेन्स खर्च ब्यर्होने भएको छ ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा नगरभित्र गर्भवती भएका महिलाहरुलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्था, बर्थिङ सेन्टर र मध्यपश्चिम क्षेत्रीय अस्पतालसम्म पुन्न लाग्ने एम्बुलेन्स खर्च पनि दिने जनाएको छ । नगरपालिकाले प्रत्येक वडाका लागि १ करोड ३० लाख को वडा विकास बजेट छुट्टाएको छ ।
नगरपालिकाले १६ वडाहरुका लागि २० करोड ८० लाख छुट्टाएको छ । यस्तै नगरपालिकाले आधुनिक सपिङ कम्ल्पेक्स सम्भाव्यता अध्ययन गर्ने, नगरकोे प्रमुख आर्यआर्जनका रुपमा रहेको कृषि, पशुपालन तथा फलफूल खेतीको परम्परागतलाई परिवर्तन गरी आधुनिकरण, विविधिकरण र बजारीकरण र प्रांगारीकरणमा जोड दिने उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।