भारतको जम्मूमा ग्रेनेड विस्फोट : कम्तीमा २५ घाइते

 फागुन २३, २०७५ बिहीबार १५:१५:५३ | एजेन्सी
unn.prixa.net

भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीबार बिहान पौने बाह्र बजे विस्फोट भएको प्रहरीले जनाएको छ ।

जम्मू डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । त्यो बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।

सुरुवाति अनुसन्धानअनुसार विस्फोटबाट पञ्जाब रोडवेजको एउटा बसमा क्षति पुगेको छ भने बसमा रहेका केही यात्रु पनि घाइते भएका छन् । नजिकै रहेको अस्पतालमा घाइतेहरुको उपचार भैरहेको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया