बेहुला आए, दाइजोमा १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बिदा भए

 फागुन २४, २०७५ शुक्रबार १९:१:१४ | एजेन्सी
unn.prixa.net

आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदासम्म पनि हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले यस खबरबाट केही सिकुन् । 

भारतको हरियाणा राज्यको सोनिपत जिल्लामा पर्ने हसनगढ गाउँमा केही पहिले रमाइलो वातावरणमा एक विवाह सम्पन्न भयो । बेहुलाले दाइजोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगुनको रुपमा । त्यसपछि बेहुलीको बिदाइ डोली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।

बेहुलीको नाम सन्तोष हो र उनका बुवा सतबीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तोषको बिहे हाँसीको रामपुर गाउँका सञ्जयसँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर पहिले नै शर्त राखेका थिए । विवाहपछि उनले आफ्नी दुलहीलाई हेलिकप्टरमा चढाएर बिदा भए ।

यस्तै अर्को विवाह पनि यसैगरी सम्पन्न भयो, हरियाणको आहुलाना गाउँमा । यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बताए अनुसार पेसाले सुरक्षा गार्ड रहेका आहुलानाका पवन शर्माले आफ्नी दुई छोरी निशा र काजलको बिहे गरिदिए ।

गएको २६ जनवरीमा केहरपुरा गाउँका दुई दाजुभाइ प्रवीण र राजकुमारसँग निशा र काजलको विवाह सम्पन्न भयो । उनीहरुले पनि सञ्जयले जस्तै दाइजोमा सगुनको रुपमा एक रुपैयाँ लगे र आ आफ्नी दुलहीलाई हेलिकप्टरमा राखेर बिदा भए ।


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया