भारतीय वायुसेनाकाे मिग-२१ विमान दुर्घटना

 फागुन २४, २०७५ शुक्रबार १९:२८:५२ | एजेन्सी
unn.prixa.net

राजस्थानको बीकानेरमा शुक्रबार भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटना भएको छ । के कारणले दुर्घटना भएको भन्ने पत्ता लागिसकेको छैन । तर चरा विमानसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

विमानमा समस्या देखिन थालेपछि पाइलटले भने विमानबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा चारैतिर प्रहरीहरु खटाइएका छन् ।

भारतमा लगातार मिग विमान दुर्घटना भइरहेका छन् । त्यसैले यसलाई ‘उड्ने कफिन’ नाम पनि दिन थालिएको छ । मिग विमानद्वारा नै विंग कमाण्डर अभिनन्दले पाकिस्तानको एफ १६ माथि आक्रमण गरेका थिए । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया