भारतविरुद्धको तेस्रो एक दिवसीय खेल अष्ट्रेलियाले ३२ रनले जित्यो

 फागुन २५, २०७५ शनिबार ६:२७:४६ | एजेन्सी
unn.prixa.net

भारतविरुद्धको तेस्रो एक दिवसीय खेलमा अष्ट्रेलियाले ३२ रनको जित हात पारेकाे छ ।

जितसँगै अष्ट्रेलियाले श्रृङ्खला २-१ मा पुर्‍यायाे ।राँचीमा हिजाे भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३१३ रन बनायो । पाँच खेलको सिरिजमा पहिलो दुई खेल गुमाएको अष्ट्रेलियाका लागि  एरोन फिन्च र उश्मान ख्वाजाले पहिलो विकेटका लागि नै १९३ रनको बलियो पार्टनरसिप गरेका थिए ।

व्यक्तिगततर्फ ख्वाजाले १०४ रनको शतकीय योगदान दिए । फिन्चले पनि ९३ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए भने मार्कस स्टोनिसले २६ बलमा ३१ रन जोडे । यस्तै एलेक्स केरीले १७ बलमा २१ रन बनाए ।

बलिङतर्फ भारतका लागि कुलदीप यादवले तीन विकेट लिँदा मोहम्द शामीले एक विकेट लिए ।

३१४ रनको लक्ष्य पछ्याएको भारत ४८ ओभर २ बलमा २८१ रनमा अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले शतकीय योगदान दिए पनि अन्यको प्रदर्शन खराब रह्यो । काेहलीले ९५ बलमा १६ चाैका र एक छक्काकाे सहयाेगमा १२३ रन बनाएका थिए । 

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्स, जाए रिचार्डसन र एडम जाम्पाले ३-३ विकेट लिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया