जम्मू–कश्मीरबाट आतंकवादीले गरे भारतीय सेनाका एक जवानको अपहरण

 फागुन २५, २०७५ शनिबार १०:४९:४८ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको छ । 

एक महिनाको बिदा लिएर आफ्नो गाउँ काजीपोरा चादूरा आएका यासीनलाई उनकै घरबाट अपहरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको खोजी कार्य जारी रहेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् । 

पुलवामामा आतंकवादी आक्रमण भएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण अवस्था रहेकै अवस्थामा यासीनको अपहरण भएको हो ।

गएको वर्ष जुन महिनामा भारतीय सेनाका जवान औरंगजेबको अपहरणपछि हत्या भएको थियो । 

जम्मू–कश्मीरको पुंछमा घर भएका औरंगजेबलाई यात्राकै क्रममा अपहरण गरिएको थियो । इद मनाउन घर फर्किरहेका बेला उनलाई बाटोबाटै आतंकवादीहरुले अपहरण गरेका थिए । पछि उनको शव भेटिएको थियो । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया