पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्याग्दी – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको छ ।
नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उहाँहरु प्रसिद्ध तातोपानी कुण्ड पुग्नुभएको हो ।
हेलिकप्टरबाट म्याग्दी आउनुभएका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुग्नुभएको थियो । कुण्डमा उहाँहरुले कांग्रेस म्याग्दीका जिल्लास्तरका नेताहरुसँगै स्नान गर्नुभयो ।
कांग्रेस सभापति देउवा एकैछिन मात्रै तातोपानी कुण्डमा डुबेर निस्कनुभयो भने वरिष्ठ नेता पौडेल भने केहीबेर कुण्डमा डुब्नुभयो । कुण्डमा स्नान गरेर निस्कने क्रममा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महसुस भएको बताउनुभयो ।
उहाँले तातोपानी कुण्डको प्रचारप्रसार गर्नुपर्ने भन्दै कुण्डको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी वरिष्ठ नेता पौडेलले तातोपानी कुण्डमा डुब्दा आफूलाई स्वर्गको अनुभूति भएको बताउँदै आफूले आनन्दको महसुस गरेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालको विभिन्न स्थानमा तातोपानीका कुण्ड र मुहानहरु रहेको हुँदा धार्मिक रुपले पनि तातोपानीको महिमा रहेको बताउँदै यसले मानिसलाई पवित्रता कायम गर्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले समृद्ध नेपाल निर्माणका लागि खनिज पदार्थको उत्खनन्, कृषिको क्रान्ति र पर्यटनको विकास समृद्धिको आधार भएको बताउनुभएको छ ।
तातोपानी कुण्ड स्नान गर्नुपूर्व नेताद्वयले कुण्ड परिसरको अवलोकन समेत गर्नुभएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिले नेताद्वयलाई कुण्डमा स्वागत गरेका थिए ।
उहाँहरुलाई कुण्ड र तातोपानी क्षेत्रको बारेमा जानकारी गराउँदै कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले बेनीदेखि तातोपानीसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुपर्ने, कुण्डको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै तातोपानी कुण्डबाट प्राप्त आम्दानी तातोपानीको सरस्वती माध्यमिक विद्यालयका ११ जना शिक्षक कर्मचारीको तलब-भत्ता व्यवस्थापनमा सहयोग गर्ने गरिएको बताउनुभयो ।
विद्यालयलाई सरकारी दरबन्दीको व्यवस्था भएमा कुण्डको आम्दानी कुण्ड व्यवस्थापनमा नै परिचालन गर्न सकिने उहाँको भनाइ छ ।
कुण्ड व्यवस्थापन समितिका तर्फबाट नेताद्वयलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यसअघि गएको कात्तिक अन्तिम साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा आफ्नो परिवारसहित म्याग्दी आएर तीन दिनसम्म तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो ।
उहाँहरुको स्नानसँगै देश विदेशमा अहिले तातोपानी कुण्डको विषयमा व्यापक रुपमा प्रचारप्रसार भैरहेको छ ।
पछिल्लो समय म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको छ । यसपटक कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले गरेको तातोपानी कुण्डको स्नानलाई पनि जिल्लामा निकै महत्वका साथ हेरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।