अस्पतालमा ११ जना नवजात शिशुको ज्यान गएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

 फागुन २६, २०७५ आइतबार ११:४२:४३ | एजेन्सी
unn.prixa.net

अस्पतालमा ११ जना नवजात शिशुको ज्यान गएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका छन् । राजधानी ट्युनिसको एक अस्पतालमा शिशुहरुको ज्यान गएपछि स्वास्थ्यमन्त्री चेरिफले राजीनामा दिएका हुन् । 

उनी स्वास्थ्यमन्त्री भएको ४ महिना मात्रै भएको छ । घटनापछि प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु थालिएको बताएका छन् ।

ट्युनिसियाको पेडियाट्रिक सोसाइटीले अस्पतालमा संक्रमणको कारण शिशुको ज्यान गएको हुन सक्ने जनाएको छ । ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तर अफ्रिकाकै उत्कृष्ट मानिन्छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया