खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियाे, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे।
खबरका अनुसार टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मेको यस शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो । यो शिशुको जन्म 'प्रिम्याचुअर बेबी'को रुपमा २४ हप्तामा भएको हो । बच्चालाई जन्मेको पाँच महिनासम्म सघन उपचार केन्द्र (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।
अघिल्लो हप्ताको बिहीबार मात्र उपचारपछि बच्चालाई सकुशल घर पठाइएको छ । अहिले बच्चाको तौल तीन किलो छ । सबैभन्दा सानो तौलको जन्मिएर सकुशल घर पठाइएको यो पहिलो रकेर्ड भएको कियो युनिभर्सिटीका डाक्टरले बताएका छन् ।
कियोका एक प्रोफेसरले ओवाज युनिभर्सिटीमा विश्वका सबैभन्दा कम तौल भएका बच्चाहरुको रेकर्डलाई उद्धृत गर्दै भने, ‘यो भन्दा अगाडिको रेकर्ड सन् २००९ मा जर्मनीमा जन्मेको २७४ ग्रामको बच्चाको थियो ।’
यस्तै सबैभन्दा कम तौलकी बालिका जर्मनीमा सन् २०१५ मा जन्मिएकी थिइन् । उनी जन्मिँदा उनको तौल २ सय ५२ ग्राम थियो ।
विश्वभरी अहिलेसम्म 'प्रिम्याचुअर बर्थ'बाट तीन सय ग्राम मुनिका २३ शिशुको जन्म भइसकेको छ । सबैभन्दा साना शिशुहरु दर्ता गर्ने वेबसाइटका अनुसार तिनीहरुमध्ये चार मात्र केटा र अरु केटी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।