भारतमा लाेकसभा चुनावकाे घाेषणा, ७ चरणमा हुनेछ चुनाव

 फागुन २६, २०७५ आइतबार १९:५४:४१ | एजेन्सी
unn.prixa.net

भारतमा लाेकसभा चुनावकाे घाेषणा भएकाे छ । चुनाव जम्मा ७ चरणमा सम्पन्न भएर मे २३ मा नतिजा प्रकाशन गरिने छ । आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, सिक्किम, ओडिशा र जम्मू-कश्मीरकाे विधानसभा चुनावकाे पनि दिन ताेकिन सक्नेछ । तर जम्मू कश्मीरकाे स्थितिकाे बारेमा भने अहिले केही पनि स्पष्ट छैन ।

जम्मू कश्मिरमा विधानसभाकाे चुनावबारे राज्य सरकार र गृह मन्त्रालयबाट यसबारे छलफल भएकाे बताइएकाे छ । अहिले त्यहाँ विधानसभाकाे चुनाव नहुने बताइएकाे छ ।

चार राज्यकाे विधानसभाकाे चुनाव लाेकसभा चुनावसँगै हुने बताइएकाे छ । यी चार राज्यमा ओडिशा, सिक्किम, अरुणाचल प्रदेश र आन्ध्र प्रदेश पर्दछन् ।

भारतकाे चुनाव आयाेगले पहिलाे चरणमा २० राज्यका ९१ लाेकसभा सिटकाे लागि ११ अप्रिलमा  चुनाव हुने जनाएकाे छ । दाेस्राे चरणमा १३ राज्यका ९७ सिटकाे लागि १८ अप्रिलमा चुनाव हुनेछ । तेस्राे चरणमा १४ राज्यका १ सय १५ सिटकाे लागि २३ अप्रिलमा चुनाव हुनेछ ।

यस्तै चाैथाे चरणमा ९ राज्यका ७१ सिटकाे लागि २९ अप्रिलका दिन, पाँचाैँ चरणमा ७ राज्यकाे ५१ सिटकाे लागि ६ मे मा, छैटाैँ चरणमा ७ राज्यका ५९ सिटकाे लागि १२ मे र साताैँ चरणमा ८ राज्यका ५९ सिटकाे लागि १९ मे मा चुनाव हुनेछ ।

मुख्य चुनाव आयुक्त सुनिल अराेडाले बताए अनुसार लाेकसभा चुनावकाे मतगणना २३ मे का दिन गरिनेछ । निष्पक्ष चुनाव गर्नका लागि सबै आवश्यक बन्दाेबस्त गरिसकेकाे उनले बताएका छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया